११ जेठ २०८२, शनिबार

२५ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

Logo
आजको अपडेट आइतबार, चैत्र ०२, २०८१

३ चैत, विराटनगर । अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ ।

जिल्ला अदालत मोरङले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि कारागार चलान भएका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको हो ।

मोरङ कारागारका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार अपराह्न मृत्यु भएको हो ।

आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो ।

जिल्ला अदालत मोरङले गत मंसिर २३ गते मुद्दाको पुर्पक्षका लागि २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, अदालतले मागेको धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए । उनको मुद्दाको फैसला हुन बाँकी छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300