०९ जेठ २०८२, बिहिबार

कुलमान घिसिङ बर्खास्त

Logo
आजको अपडेट सोमबार, चैत्र १०, २०८१

विराटनगर– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।

विशेष गरी उद्योगीहरुले तिर्नुपर्ने करोडौं बक्यौता रकम उठाउन खोज्दा घिसिङविरुद्ध सरकार र उद्योगीहरु एकमुख भएर लागेका थिए ।

पछिल्लो समय हिउँदयाममा विद्युत आपूर्ति कम हुँदा घिसिङले उद्योगहरुमा राति विद्युत आपूर्ति घटाएर सर्वसाधारणलाई लोडसेडिङबाट जोगाएका थिए ।

पछिल्लो समय उर्जामन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताउँदै आएका छन् ।

उर्जा व्यवस्थापनमा निपूर्ण मानिने घिसिङको पदावधि आगामी साउनमा सकिँदैथ्यो । तर सरकारले उनलाई अन्यायपूर्वक हटाएको छ ।

यो पनि-

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
सिंहदबार भर्सेस कुलमान : बिल नर्तिने उद्योगमा लोडसेडिङ, जनतालाई उज्यालो !

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300