

विराटनगर । राजाबादी आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको मृत्यु र विभिन्न संचार गृहमा भएको हमला तथा आगजनीको घटना प्रति आज पत्रकार महासंघ मोरङले विराटनगरमा र्याली निकालेर विरोध प्रर्दशन गरेको छ ।
महासंघको कार्यलयबाट शुरुभएको विरोध प्रर्दशन महेन्द्र चौक, शनि मन्दिर, हुदै ट्राफिक चोकमा आएर कोण सभा गरी समापन भएको हो । र्यालीमा पत्रकारमाथिको धम्की र दुव्र्यवहार बन्द गर, मिडिया हाउसमा अक्रमण बन्द गर, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर, मिडियामा हाउसमा भएको क्षतिको क्षतिपुर्ती दे, तानाशाही मुर्दाबाद जस्ता प्ले कार्डको प्रदर्शन गरीएको थियो ।
विरोध सभामा बोल्दै पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले सुरेश रजकको हत्या आन्दोलनकारीबाट निर्मम तरिकाले भएको बताउनु भयो । आइन्दा दिनदेखि कोहिपनि पत्रकार सुरेश रजक जस्तो अवस्था नआओस र यस्तो घटना घटाउनेलाई राज्यले कारवाही गरी पीडितलाई न्याय दिलाउनु पर्ने माग पनि उहाँले गर्नु भयो ।
सुरेश रजकले न्याय नपाएसम्म निरन्तर रुपमा विरोध कार्यक्रम जारी रहने महासंघ मोरङका सचिव नेत्र पी. अधिकारीले बताउनु भयो ।
हिजो राजाबादी आन्दोलनका क्रममा रिर्पोटिङ गरीरहेका एभिन्युज टेभिजनका पत्रकार सरेश रजकको मृत्यु भएको थियो । कतिपयले उहाँको मृत्यु नभई आन्दोलनकारीले हत्या गरेको आरोप लगाएका छन ।
राजाबादीको आन्दोलनका क्रममा नै कान्तिपुर टेलीभिजन र अन्नपुर्ण पोष्टको कार्यलयमा ढुङ्गा मुडा भएको थियो भने हिमालय टेलिभिजनको गाडीमा तोडफोड भएको थियो ।