२३ आषाढ २०८२, सोमबार

रास्वपा सभापति लामिछाने कारागार चलान

Logo
आजको अपडेट सोमबार, चैत्र २४, २०८१
फाइल तस्बिर

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो ।

अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालयले अदालतमा उपस्थिति गराएको थियो,’ उनले खबहबसँग भने, ‘हामीले प्रक्रिया पूरा गरेर कारागार पठाएका छौँ ।’

उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेश लगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ पछि एक रात काठमाडौं राखिएका लामिछानेलाई शनिबार रूपन्देही लगिएको थियो ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई सोमबार बिहान जिल्ला अदालतमा पेस गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300