०९ जेठ २०८२, बिहिबार

महेन्द्रसिंह धोनीले आईपीएलबाट सन्यास लिन लागेका हुन् ?

Logo
आजको अपडेट सोमबार, चैत्र २४, २०८१

विराटनगर । भारतको बहुचर्चित टी-ट्वान्टी क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी १८औँ संस्करणका सर्वाधिक लोकप्रिय खेलाडी मध्येमा पर्छन्, महेन्द्रसिंह धोनी ।

जारी संस्करणमा चेन्नईको खेल हेर्दा धोनीको भविष्यमाथि भने प्रश्न उठिरहेको छ । आईपीएलको १८औँ संस्करणमा धोनीले बिजुलीको गतिमा जसरी दुईपटक ‘स्टम्प’ गरे, त्यसको चर्चा पनि धेरै नै भयो ।

चेन्नई सुपर किङ्स (सीएसके)का लागि खेल्दै आएका धोनीले आईपीएलबाट सन्यास लिन लागेको चर्चा पनि विगत दुई वर्षदेखि चलिरहेको छ । तर, त्यो अनुमान अड्कालबाजीमा मात्रै सीमित देखिएको छ ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका धोनीले आईपीएलबाट सन्यास लिने अड्कालबाजीप्रति प्रतिक्रिया दिएका छन् ।

भारतीय पडकास्टर राज शमानीसँगको कुराकानीमा उनले सन्यासबारे गरिएको प्रश्नको जवाफ दिएका छन् ।

‘म अहिले आईपीएल खेलिरहेको छु । ४३ वर्षको भएँ, जुलाईमा ४४ वर्षको हुन्छु,’ धोनीले भनेका छन्, ‘यसपछि मैले आगामी एक वर्ष खेल्ने कि नखेल्ने भन्नेबारे मसँग १० महिनाको समय हुन्छ । तर, यसको निर्णय तपाईं गर्न सक्नुहुन्न । त्यसको फैसला तपाईंको शरीरले गर्छ ।’

भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२० देखि नै सन्यास लिइसकेका छन् । उनी आवद्ध सीएसकेले जारी आईपीएलमा खेलेका चारमध्ये एक खेलमात्रै जितेको छ ।

धोनीले दिल्ली क्यापिटल्स (डीसी)सँगको खेलमा २६ बलमा ३० रन बनाएका थिए । उनी जुन क्रममा ब्याटिङ गर्न पिचमा आउँछन्, त्यसमा पनि क्रिकेटप्रेमीले सवाल उठाइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300