१० जेठ २०८२, शुक्रबार

काठमाडौं महानगरका कुचीकारदेखि मेयरसम्मले पाए तीन महिनाको तलब

Logo
आजको अपडेट सोमबार, चैत्र २४, २०८१

विराटनगर । काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् । कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार, कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज तलब पठाइएको छ ।

लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् । चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300