०९ जेठ २०८२, बिहिबार

कोशी प्रदेश पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

Logo
सन्तोष मेहता सोमबार, चैत्र २४, २०८१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित आरआर गार्डेनमा आगामी चैत २७ गते बुधबार बिहान साढे ११ बजे औपचारिक कार्यक्रम आयोजना हुने छ । प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमको शुभारम्भ गर्ने नगर प्रमुख अर्जुनबाबु माबोहाङले जानकारी दिए ।

शुभारम्भको आयोजना प्रदेश सरकारले गर्ने छ भने सहकार्य लालीगुराँस नगरपालिकाले गर्ने नगर प्रमुख माबोहाङले बताए ।

पर्यटन वर्ष शुभारम्भको अघिल्लो दिन चैत २६ गते ‘लोकतन्त्र र पर्यावरण’ र ‘जैविक विविधता र गुँरास पर्यटन’ विषयमा ‘प्यानल डिस्कसन’ हुने नगर प्रमुख माबोहाङले जानकारी दिए ।
‘लोकतन्त्र र पर्यावरण’ विषयक अन्तरसंवादमा राजनीतिक विश्लेषक मुमाराम खनाल, केशव दाहाल, मोहन तिम्सिना, नगर प्रमुख माबोहाङ र कोशी प्रदेशका सचिव विशाल घिमिरेलगायतले सहभागिता जनाउने छन् ।

यस्तै ‘जैविक विविधता, गुँरास र पर्यटन विकास’ विषयक अन्तरसंवादमा लेखक तथा विश्लेषक कमल मादेन, कोशी प्रदेशका पूर्वमन्त्री लक्ष्मण तिवारी, वन अधिकृत विनिता सुवेदीलगायत गुराँस विज्ञहरूले सहभागिता जनाउने छन् । अन्तरसंवाद तेह्रथुमको वसन्तपुरस्थित चोःलुङ पार्कमा हुने छ ।

कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवद्र्धन र विकासका लागि वि.सं. २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष, २०८२ घोषणा गरेको छ ।

लालीगुराँस नगरपालिका नगर प्रमुख माबोहाङले सूचना जारी गर्दै कार्यक्रममा उपस्थितिका लागि आह्वान गरेका छन् । शुभारम्भ कार्यक्रमको अध्यक्षता प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300