१० जेठ २०८२, शुक्रबार

कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ भव्य रूपमा उद्घाटन

Logo
आजको अपडेट बुधबार, चैत्र २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को भव्य रूपमा उद्घाटन गरेको छ। पर्यटन वर्षको उद्घाटन गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा गरिएको हो।

सो कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पर्यटन प्रवर्द्धनका लागि आधार वर्ष तयार गर्ने उद्देश्यले यो घोषणा गरिएको बताउनुभयो। उहाँले कोशी प्रदेशका सबै क्षेत्र पर्यटनका हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्दै ती क्षेत्रहरूको विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पूँजी निर्माण गरिने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले स्थानीय तहको सहकार्यमा कोशी प्रदेशलाई नमुना प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गर्दै पर्यटन प्रवर्द्धन गर्ने सरकारको चाहना रहेको बताउँदै जातजाति, धर्म, संस्कृतिको जगेर्ना र संरक्षणलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो।

उहाँले पर्यटन मार्फत नेपालको वैदेशिक ऋण र व्यापार घाटा घटाउन सकिने बताउँदै ऊर्जा, जलविद्युत, पर्यटन र जडीबुटीका क्षेत्रमा पनि काम गरिने उल्लेख गर्नुभयो। कोशी प्रदेशलाई बन्द हड्तालबाट मुक्त गर्दै समस्या समाधानका लागि वार्तालाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रदेशमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि माङ्सेबुङ, बाराह क्षेत्र, हलेसी जस्ता महत्वपूर्ण धार्मिक स्थल रहेको जानकारी दिँदै उहाँले साहसिक पर्यटक भित्र्याउने सम्भावना रहेको औंल्याउनुभयो। साथै, निजी क्षेत्र उत्साहित बनेको भए पनि अझै केही कानुनी सुधारको आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले संघीय सरकारले केही कानुनहरूमा परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो।

उहाँले भारत र चीनबाट पर्यटक भित्र्याउन संघीय सरकारले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। पर्यटन पूर्वाधार तथा नीति नियम निर्माणमा सबै राजनीतिक दलको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले पर्यटन विकासमा सबैको चासो र सरोकार रहनुपर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300