०९ जेठ २०८२, बिहिबार

उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालनमा सघाउन शिक्षकहरुलाई बोर्डको आग्रह

Logo
आजको अपडेट शनिबार, चैत्र २९, २०८१

विराटनगर – राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालनको काममा सघाउन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ ।

एसईईको उत्तरपुस्तिका जाँच नगर्दा परीक्षा दिएर बसेका विद्यार्थीको नतिजा प्राप्तिपछि पाउने अवसरमा प्रत्यक्ष असर पर्ने भएकाले उत्तरपुस्तिका परीक्षणमा सघाउन बोर्डले आग्रह गरेको हो ।

चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले माग पूरा नभएमा एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने बताएका छन् ।

बोर्डले उत्तरपुस्तिका परीक्षणसँगै परीक्षा सञ्चालन व्यवस्थापनमा पनि शिक्षकहरूकै भूमिका महत्त्वपूर्ण हुने स्मरण गराएको छ ।

शिक्षकहरूको पेशागत बढोत्तरी, पेसागत सुरक्षा तथा विद्यार्थीका आवश्यकता र अवसर दुवै प्राथमिक र संवेदनशील पक्ष भएको भन्दै बोर्डले आफ्ना माग तथा अपिलसँगै विद्यार्थीको भविष्यलाई समेत दृष्टिगत गरी आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । तर शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन कायमै रहने अडान लिएका छन् । उनीहरुले विगतको सहमति कार्यान्वयनसँगै शिक्षा ऐन जारी हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300