१० जेठ २०८२, शुक्रबार

वीरगञ्जको कर्फ्यु लम्बियो, राति १२ बजेसम्म जारी रहने

Logo
आजको अपडेट आइतबार, चैत्र ३०, २०८१

विराटनगर । पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले शनिबार साँझदेखि लगाएको कर्फ्यु आज राति १२ बजेसम्म जारी रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्याङ्कन गर्दै जारी कर्फ्यु आज मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेको हो ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको प्रशासकीय अधिकृत दीपक पटेलले बताए ।

बैठकले शनिबार साँझ वीरगञ्जमा भएको घटनाको समीक्षा गर्दै धार्मिक सदभाव भड्किन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको छ । वीरगञ्जमा आइतबार बिहानदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्बन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले कर्फ्यु उल्लङ्घन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए ।

आइतबार बिहानदेखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरीक्षक लम्सालले बताए । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300