२३ आषाढ २०८२, सोमबार

एमालेले सार्वजनिक गर्‍यो जनजागरण सभाको हिसाब

Logo
आजको अपडेट आइतबार, चैत्र ३०, २०८१

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशले झापाको दमकमा शनिबार आयोजित प्रदेशस्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । ‘गणतन्त्र र संघीयता विरोधी हर्कतका विरोधमा’ आयोजित सभामा १२ लाख ६५ हजार रुपैयाँ खर्च भएको एमालेले जनाएको छ ।

प्रेस चौतारी झापाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले यसपटक कोसीमा नयाँ अभ्यास भएको बताए । “यसपटक कोसीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइनेछ,” राईले भने ।

उनले वडावडाबाट आफैँले खर्च गरेर सहभागीहरू कार्यक्रमस्थल आएको जिकिर गरे । सरकारसँग एक रुपैयाँ पनि नलिई शुभचिन्तकको सहयोगमा सभा गरिएको उनको भनाइ छ ।

एमाले कोसीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300