०९ जेठ २०८२, बिहिबार

तराई-मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै, आज मधेश प्रदेशमा सार्वजनिक बिदा

Logo
सन्तोष मेहता मंगलबार, बैशाख ०२, २०८२

विराटनगर । तराई-मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । नयाँ वर्षको शुरुवातमा मनाइने दुई दिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ ।

वैशाख सङ्क्रान्तिका दिन शुरू हुने पर्व विधिमा पहिलो दिन चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

यसैगरी दोस्रो दिन आज घरपरिवारका ज्येष्ठ सदस्यले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् ।

जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

जुडशीतल पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300