२३ आषाढ २०८२, सोमबार

एमाले विराटनगर महानगर अधिवेशन : मनोनयन दर्ता शुरु

Logo
आजको अपडेट बुधबार, बैशाख ०३, २०८२

विराटनगर ३ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता शुरु भएको छ ।

महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को नेतृत्वको अलग–अलग प्यानलवीच प्रतिष्पर्धा हुने भएको छ । कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वास रहेका छन् ।
गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा हिमा मैनाली पोखरेल, हमित आजाद रहेका छन् ।

निर्वाचन कमिटीले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गर्ने गरिको कार्यतालिका प्रकाशन गरेको छ । राती ११ वजे मतदान कार्यक्रम राखिएकोप्रति प्रतिनिधिहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

अधिवेशनले ९१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा १५ मनोनित सहित ३१४ प्रतिनिधि सहभागि छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300