२१ जेठ २०८३, बिहिबार

शिक्षक अन्तिम लडाइँमा छौँ : अध्यक्ष सुवेदी

Logo
आजको अपडेट सोमबार, बैशाख १५, २०८२

विराटनगर । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी अन्तिम लडाइँमा छौँ। यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ ।’

उनले गाउँगाउँबाट शिक्षकलाई काठमाडौं छिटो आउनसमेत अनुरोध गरेका छन्। ‘काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीको रगत बगीसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सक्नु भएको छ ? के आन्दोलनकारी साथीको पीडाले तपाईंलाई घोच्दैन ? आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला,’ उनले भनेका छन् ।

आइतबारको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष सुवेदीले सरकारको हस्तक्षेपबाट घाइते भएका सबै शिक्षकको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

‘वैशाख १४ गते भएको प्रदर्शनमा सरकारबाट शिक्षक–कर्मचारी माथि भएको अमानवीय आक्रमण र ज्यादतीको घोर भर्सत्ना गर्दछौं। त्यस आक्रमणमा परी घाइते हुनु भएका सबै साथीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष सुवेदीले भने, ‘हाम्रो आन्दोलन जारी छ। हिजो जस्तै ठिक ११ बजे माइतीघर मण्डलामा आउनुहुन सबै साथीमा अनुरोध छ।’

शिक्षक आन्दोलन २६ दिनदेखि लगातार जारी छ। शिक्षा ऐन जारी हुनुपर्नेमागसहित सुरु भएको आन्दोलनको भीडले आइतबार निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरासहित बल प्रयोग गर्दा केही शिक्षक, प्रहरी र पत्रकार घाइते भएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300