१० जेठ २०८२, शुक्रबार

सुनसरीबाट ७८३ किलो गाँजासहित दुईजना पक्राउ

Logo
आजको अपडेट बिहिबार, बैशाख १८, २०८२

विराटनगर । सुनसरीबाट ७८३ किलो गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बुधबार ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई ब्यक्तिलाई नियन्त्रणमा लिएको हो  ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रक चेक गर्दा उक्त परिमाणको गाँजा र  ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।

ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाएर ल्याउँदै गरेको गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो ।

चालक सुनसरीको बराहक्षेत्र–१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटा सिदुवा–६ का १८ वर्षका आकाश राईलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300