०९ जेठ २०८२, बिहिबार

नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रियाद्वारा हिप्पो तिरोल भलिबल क्लबका खेलाडीहरुलाई सम्मानसहित विदाई

Logo
आजको अपडेट शुक्रबार, बैशाख १९, २०८२

विराटनगर । व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ ।

अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी डिलाइट्स रेष्टुरेन्ट कौफहाउस तिरोलमा आयोजित कार्यक्रममा क्लबले खेलाडीहरुलाई सम्मानसहित विदाई गरेको हो । केही समयअघिबाट सञ्चालनमा आएको इन्स्ब्रुककै आकर्षक रेष्टुरेन्टमा क्लबले विशेष कार्यक्रम गरेर विदाई गरेको थियो ।

कार्यक्रममा नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)का अध्यक्ष दिलकुमार घमाल, व्यवसायी तथा समाजसेवी सोमत घमाललगायतले खादा लगाएर विदाई गर्नुभएको थियो । हिप्पो तिरोल भलिबल क्लबले आफ्नो इतिहासमा १३ औं च्याम्पियनसिप उपाधि जितेको थियो ।

हिप्पो अष्ट्रियाकै उत्कृष्ट भलिबल क्लबका रुपमा परिचित रहेको छ । आर्थिकमन्दीलगायत विविध कारणले हिप्पो भलिबल क्लबले व्यावसायिक जीवनबाट सन्यास लिनु निकै दुखद भएको नेपाली युरोपियन स्पोर्ट क्लबका अध्यक्ष घमालले बताउनुभयो । अष्ट्रियामा मात्रै होइन युरोपमै चर्चित क्लबलाई आफूले सञ्चालन गरेको रेष्टुरेन्टमा आमन्त्रण गरेर सम्मानसहित विदाई गर्न पाउनु निकै राम्रो अवसर पनि भएको अध्यक्ष घमालको प्रतिक्रिया थियो ।

अध्यक्ष घमालले युरोपियन स्पोर्ट क्लबका तर्फबाट हिप्पो क्लबका खेलाडीहरुको आगामी जीवन थप सफल होस् भन्ने शुभकामनासमेत दिनुभयो । सन् २०२० मा स्थापित नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले बेला–बेला भलिबल प्रतियोगिता गर्नुका साथै विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । हिप्पो क्लबका खेलाडीहरुले रेष्टुरेन्टको अवलोकनसमेत गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300