०९ जेठ २०८२, बिहिबार

गोग्राहा कलेजमा ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सम्पन्न

Logo
आजको अपडेट शनिबार, बैशाख २०, २०८२

विराटनगर । उच्च शिक्षामा वैज्ञानिकता, अनुसन्धान र गुणस्तरीयता अभिवृद्धि गर्ने उद्देश्यसहित विराटनगरस्थित गोग्राहा कलेजमा आयोजित ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सम्पन्न भएको छ ।

विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन भएको तीनदिने तालिम पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. विजु कुमार थपलियाको उपस्थिति सम्पन्न भएको हो ।

उनले वैज्ञानिक अध्ययन प्रणालीमा डेटा व्यवस्थापनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूलाई आफ्नो अध्ययन, अनुसन्धान र अध्यापनमा यसको प्रभावकारी उपयोग गर्न सुझाव दिए ।

क्याम्पस प्रमुख गोबिन्द प्रसाद अधिकारीले तालिम फलदायी भएको बताए । उनले कलेजले आगामी दिनहरूमा पनि यस्ता तालिमलाई निरन्तरता दिने उद्घोष गरे । तालिममा सहभागि प्राध्यापकहरूले तालिमले नयाँ उर्जा थपेको अनुभव सुनाए ।

विराटनगर–४ का वडाध्यक्ष जीतन थापाले यस्ता किसिमका कार्यक्रम आवश्यक रहेको र आफूले पनि अन्य कार्यक्रमका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रा. डा. पेशल खनाल, सह–प्राध्यापक रमेशबाबु काफ्ले, सह–प्राध्यापक डा. कृष्ण पाण्डे र सह–प्राध्यापक टाेलनाथ काफ्लेले तालिमको सहजिकरण गरेका थिए । तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विभिन्न आंगिक क्याम्पसका प्राध्यापक तथा यस क्षेत्रसँग रुची राख्ने ३० जना सहभागि थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300