२१ जेठ २०८३, बिहिबार

 बिराटनगरमा जलमग्न घरहरू, ढल व्यवस्थापनमा समस्या

Logo
सन्तोष मेहता आइतबार, बैशाख २१, २०८२

बिराटनगर । कोशी प्रदेश सहित बिहानैदेखि देशभर पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने छ ।

कोशी प्रदेशको राजधानी बिराटनगरमा वर्षाले जलमग्न भई स्थानीय बासिन्दाका घरभित्र पानी पसेको छ। बिराटनगर महानगरपालिका वडा नम्बर ६ का स्थानीय दिनेश कामतले अवैज्ञानिक ढल व्यवस्थापन नै समस्याको मुख्य कारण रहेको बताए ।

“पहिला बीएफएम चौकदेखि दक्षिण-पूर्व पट्टीको ढलको पानी पश्चिमतर्फबाट बग्दै थियो। हाम्रो घरमा यसरी कहिल्यै पानी पसेको थिएन,” कामतले भने। “जब त्यो ढल पश्चिमतिर ब्लक गरी यताको निकास दिइयो, त्यसपछि हाम्रो घर जलमग्न भयो। हाम्रा साना-साना नानीबाबुलाई स्कुल जान समेत समस्या भएको छ ।”

उनले महानगरले बेलैमा वैज्ञानिक तवरले ढलको पानीलाई निकास दिन सके राम्रो हुने बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली नै रहनेछ। देशका हिमाली भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम भोलि र पर्सिसम्म नै रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300