

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल भएको टिप्पणी गर्नुभएको छ । विराटनगरमा जारी जनता समाजवादी पार्टीको प्रथम मोरङ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई ठूला राजनीतिक दलले संविद्यान संसोधनको बाहाना बनाएर सत्ता हत्याएपनि त्यसतर्फ दुवै दलको तदारुक्ता नदेखिएको बताउनुभयो । विचौलियाको स्वार्थ सिद्ध गर्ने मनसाय सरकारको रहेको आरोप लगाउनुभयो । राष्ट्रबैंकको गर्भरनर नियुक्तिको विषय स्वार्थ समुहकै कारणले अन्योलमा रहेको अध्यक्ष यादवले बताउनुभयो । उहाँले सरकार सुशासनको कुरा गरेर जनता झूक्याउने काममा रुमलिएको बताउँदै मुलुकमा कुशासन, कमीशसखोरी र लुटतन्त्रको अभियास भइरहेको समेत बताउनुभयो । ।
अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणलीकै कारण अल्पकालीन सरकारको निमार्ण हुने र जनतामा शासन पद्धतीप्रति आक्रोश बढने समस्या देखा परेको बताउनुभयो । उहाँले संविधान संसोधन मार्फत निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने र जनतालाई स्थायी सरकार दिने तर्फ बर्तमान सरकारको ध्यानहुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टीका सह–अध्यक्ष, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।