

विराटनगर । कोशी प्रदेश सभा सदस्यहरू सवार एउटा गाडी मोरङको कानेपोखरीमा दुर्घटनाग्रस्त भएको छ ।
झापाबाट विराटनगर जाने क्रममा दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू नेकपा एमालेका सांसदद्वय नम्बरलाल धिमाल र राधाकृष्ण खनाल, नेपाली कांग्रेसकी मैया श्रेष्ठ र एकीकृत समाजवादीकी विद्या चाम्लिङ सवार थिए ।
उनीहरू सवार गाडीलाई एकजना डीएसपीले हाँकेको अर्को कारले ठक्कर दिएको खुलेको छ ।
इटहरीबाट झापातिर गइरहेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आइरहेको बीएइ १४०६ नम्बरको चारजना सांसदहू सवार अर्को गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सांसदहरू सवार गाडीलाई ठक्कर दिने कार जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले हाँकेको खुलेको छ ।
यता सांसदहरू सवार गाडीलाई झापाको दमक नगरपालिका-१ निवासी का ४० वर्षीय भेषराज श्रेष्ठले हाँकिरहेका थिए । उक्त दुर्घटनामा दुवैतर्फ मानवीय क्षति भएको छैन ।
तर दुवै सवारीसाधानमा भने ठूलो क्षति पुगेको छ । सांसदहरू सवार गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ ।