०९ जेठ २०८२, बिहिबार

डा. विश्वनाथ पौडेल राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्त, आज पदभार ग्रहण

Logo
आजको अपडेट बुधबार, जेठ ०८, २०८२

विराटनगर, जेठ ७ — नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा प्राध्यापक डा. विश्वनाथ पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतबाट बिहान सपथ लिएपछि उहाँले राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा कार्यभार सम्हाल्नुभएको हो ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले हिजो डा. पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष पेश गरेको थियो । कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराई पनि सो सूचीमा थिए। मन्त्रिपरिषद्को बेलुकाको बैठकले डा. पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

झन्डै डेढ महिनादेखि सत्ता साझेदार दलहरूबीचको परामर्श र रस्साकस्सीपछि राष्ट्र बैंकमा नयाँ गभर्नरको नियुक्ति भएको हो। यसले कांग्रेस–एमालेबीचको बढ्दो अविश्वासलाई केही हदसम्म सम्बोधन गरेको बताइएको छ ।

डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अनुभवी अर्थशास्त्री हुनुहुन्छ । हाल देशले भोगिरहेको मौद्रिक असन्तुलन, वित्तीय बजारको मन्दी र राष्ट्र बैंकको घट्दो विश्वसनीयता जस्ता चुनौतीबीच उहाँ १८औँ गभर्नरको रूपमा नियुक्त हुनुभएको हो ।

पदभार ग्रहणपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै गभर्नर पौडेलले मौद्रिक नीति तथा उपकरणहरू मार्फत अर्थतन्त्रमा सुधार ल्याउनु आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभयो। साथै, बैंकिङ प्रणालीमा विश्वसनीयता पुनर्स्थापना र वित्तीय क्षेत्रलाई गतिशील बनाउनु पनि आफ्नो कार्यकालको मुख्य उद्देश्य हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300