०९ जेठ २०८२, बिहिबार

विराटनगरको अटिज्म सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर, १६ बालबालिकामा समस्या देखिँदा उपचारका लागि रेफर

Logo
आजको अपडेट बुधबार, जेठ ०८, २०८२

विराटनगर विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘महानगर अटिज्म सेवा केन्द्र’मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा १८ जनाको आँखा र कान परीक्षण गरिएको थियो । जसमध्ये १० जनामा आँखाको र ६ जनामा कानको समस्या देखिएको सेवा केन्द्रकी संयोजक रश्मी निरौलाले जानकारी दिनुभयो । समस्या देखिएकालाई थप उपचारका लागि विराटनगर आँखा अस्पतालमा रेफर गरिएको छ ।

स्वास्थ्य शिविरको अनुगमन वडा नम्बर १ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, र स्वास्थ्य अधिकृत रमेश कार्की लगायतले गर्नुभएको थियो ।

गत कात्तिकमा मेयर नागेश कोइरालाले शुभारम्भ गर्नुभएको सेवा केन्द्रमा हाल २० जना बालबालिकाले सेवा लिइरहेका छन् । महानगरले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरी ३० लाख लागतमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी, मनोचिकित्सक सेवा, खेलकुद सामग्री, र निःशुल्क बस सेवा समेत उपलब्ध गराइएको छ । विराटनगर क्षेत्रमा हाल ५१ जना अटिज्म भएका बालबालिका रहेको महानगरको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300