१० जेठ २०८२, शुक्रबार

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाद्धारा मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

Logo
सन्तोष मेहता शुक्रबार, जेठ १०, २०८२

सन्तोष मेहता, विराटनगर । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका नेपालले आज कोशी प्रदेशका मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालयलाई विभिन्न माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ ।

स्वयंसेविकाहरुलेले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उहाँको स्वकीय सचिवालय मार्फत र स्वास्थ्य मन्त्रालयकी प्रदेश सचिव डा. राधिका थपलियालाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

स्वास्थ्य स्वयंसेविका महिलाहरूको रोकिएको ५ करोड बजेट, योगदान अनुसारको पारिश्रमिक, चाडपर्व खर्च, भत्ता र वर्षाैंदेखि आफूहरूले पाउनुपर्ने सेवा बाबतको रकम उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन ।

मुख्यमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव जीवन कार्कीले स्वयंसेविकाहरूको माग मुख्यमन्त्री समक्ष पेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कोशि प्रदेश कमेटीकी अध्यक्ष धनमाया लोहाटी, उपाध्यक्ष मनिता श्रेष्ठ, सचिव स्वेता श्रेष्ठ, आशा झा , निलम कामत, वविता चौधरी, संगीता सुब्बा, मन्जु गुरुङ, जमुना निरौला, लगायत स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।

स्वयंसेविकाहरूले स्वास्थ्य मन्त्रालयकी प्रदेश सचिव डा. थपलियालाई पनि आफूहरूको माग सम्बोधन गर्न ध्यानाकर्षण पत्र बुझाएका हुन । सामुदायिक महिला स्वास्थ्य कार्यकर्ताहरू नेपाल सरकारले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने एक महत्वपूर्ण हिस्सा भएको बताईएको छ ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका नेपालले हरेक वर्ष देशभरका पालिकामा लागू हुने गरी प्रदेश सरकारबाट निर्दिष्ट प्रक्रिया निर्धारण गरी सेवाको कदर गर्न माग गरेको छ ।

नेपालमा मातृ र शिशु मृत्युदर घटाउन सामुदायिक स्वास्थ्य कार्यकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । यी कार्यकर्ताहरूले गर्भवती महिलाहरूको स्वास्थ्य जाँच, पोषण परामर्श र बच्चाको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300