२१ जेठ २०८३, बिहिबार

अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण

Logo
डुमरलाल मेहता शुक्रबार, जेठ १०, २०८२
तस्बिर:- डुमरलाल मेहता

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता, स्वतन्त्रता र गरिमाको अनुभूति गराउने उद्देश्यका साथ बर्जु गाउँपालिकाले करिब १०० जना नागरिकहरूलाई सहायता सामग्री वितरण गरेको छ। ह्वीलचेयर, वाकर, ट्राइपड स्टिक, क्वाड स्टिक, र छडीजस्ता सहायक उपकरणहरू वितरण गरिएको कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

शुक्रबार बर्जु गाउँपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा संघीय सांसद माननीय भगवती चौधरी प्रमुख अतिथि रहनुभएको थियो। उहाँसँगै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सुमित्रा चौधरी, गाउँपालिका अध्यक्ष जिवछ राय, उपाध्यक्ष नितु चौधरी, वडा नं. १ का अध्यक्ष दिलकुमार गुरुङलगायत सयौं स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य दिंदै माननीय भगवती चौधरीले समावेशी समाज निर्माणको आवश्यकता र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति प्रतिबद्धताको सन्देश दिनुभयो। उहाँले भन्नुभयो, “सहायता सामग्रीहरू केवल भौतिक सामग्री होइनन्, यी अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान र स्वतन्त्र जीवनतर्फको यात्रा हुन्। समावेशी विकास बिना समृद्धि अधूरो हुन्छ।”
कार्यक्रमले समाजमा सामाजिक न्याय र समावेशीताको सन्देश प्रवाह गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवहारिक रूपमा सहयोग पुर्याउने ठोस कदमका रूपमा चर्चा पाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300