२१ जेठ २०८३, बिहिबार

राम ऋषिदेव समुदायका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण

Logo
डुमरलाल मेहता बुधबार, आषाढ ०४, २०८२

विराटनगर । राम ऋषिदेव समुदायका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
सुनसरीको बर्जु गाउँपालिका–३ का राम ऋषिदेव उत्थान परियोजनाअन्तर्गत राम ऋषिदेव समुदायका अति विपन्न ३५ जना बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रम मंगलबार बर्जु गाउँपालिकाको आयोजना र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र (हर्ड नेपाल)को प्राविधिक सहयोगमा सम्पन्न भएको हो  ।

कार्यक्रममा बर्जु गाउँपालिका अध्यक्ष जिवछ रायले समुदायका बालबालिकाको भविष्य उज्यालो बनाउने खालका कार्यक्रमहरूलाई पालिकाले प्राथमिकता दिने बताउनुभयो।


प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महतले यस किसिमका कार्यक्रमले अभिभावकहरूलाई सचेत गराउने र शिक्षा प्रतिको पहुँच विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।


सामाजिक शाखा प्रमुख गणेश चापागाईंले शैक्षिक सामग्री वितरण जस्ता कार्यक्रमहरूले वञ्चित समुदायलाई समावेशी शिक्षातर्फ उन्मुख गराउने धारणा राख्नुभयो।


हर्ड नेपालीका कार्यक्रम संयोजक ज्ञानु गौतमले यो कार्यक्रम स्वास्थ्य, पोषण र शिक्षामा पहुँच बढाउन सहयोगी हुने लक्ष्यसहित सञ्चालन गरिएको जानकारी दिनुभयो।


सामग्री वितरणपछि सहभागी अभिभावकहरूले बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300