२३ आषाढ २०८२, सोमबार

बर्जुमा सातदिने उद्यमशीलता विकास तालिम सम्पन्न, दयाबतीले दिए बर्जुलाई गुन्द्री

Logo
डुमरलाल मेहता शुक्रबार, आषाढ ०६, २०८२

विराटनगर । राष्ट्रपति महिला उत्थान तथा जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत बर्जु गाउँपालिका–५ मा सातदिने ‘उद्यमशीलता विकास तालिम’ सम्पन्न भएको छ। जेठ ३१ गतेदेखि असार ६ गतेसम्म एक सामुदायिक भवनमा सञ्चालन भएको उक्त तालिममा २५ जना महिलाहरूले सहभागिता जनाएका थिए।

शुक्रबार तालिमको आयोजना छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अमाही बेल्हाले गरेको थियो भने बर्जु गाउँपालिकाको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो।
तालिममा प्रशिक्षकको रूपमा राजकुमार मेहताले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा सहभागी महिलाहरूलाई स्वरोजगार र उद्यमशीलताको सीप विकास गर्न विभिन्न व्यावसायिक विषयमा ज्ञान प्रदान गरिएको थियो ।

बर्जु गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु शर्माले तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले महिलाहरूले आफ्नो सीप र ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो।

प्रशासन शाखा प्रमुख सन्तोष बन्जराले तालिमहरू केवल कागजी नभई व्यवहारमा उतार्नुपर्ने बताउँदै सहभागी महिलाहरूलाई गाउँमै उद्यम सुरू गर्न हौसला प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले पालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दयालाल चौधरीले महिलाहरूको आत्मनिर्भरता सुनिश्चित गर्न सहकारी संस्था सधैं तयार रहेको बताउनुभयो। उहाँले तालिमका सहभागी महिलाहरूलाई व्यावसायिक क्षेत्रमा अगाडि बढ्न थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

तालिममा सहभागी महिलाहरूले तालिमबाट धेरै कुरा सिकेको अनुभव साझा गरेका छन्। उनीहरूले तालिमले आत्मविश्वास बढाएको र सिपको व्यावसायिक उपयोग गर्ने प्रेरणा मिलेको बताएका छन्।

तालिम समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट दयाबती सरदारले बर्जु गाउँपालिकालाई केराको पातबाट बुनिएको गुन्द्री मायाको चिनोस्वरूप प्रदान गरिएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300