२३ आषाढ २०८२, सोमबार

बर्जुमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ७ दिवसीय योग

Logo
डुमरलाल मेहता शनिबार, आषाढ ०७, २०८२

विराटनगर । ११औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ को अवसरमा सुनसरीको बर्जु गाउँपालिका–४ नरहास्थित जनकल्याण योग साधना केन्द्रमा सात दिवसीय योग शिविर तथा वृक्षारोपण कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि सुनिता गुरुङले गर्नुभएको हो । उद्घाटनसँगै केन्द्र परिसरमा वृक्षारोपण पनि गरिएको थियो ।

उद्घाटन मन्तव्यमा गुरुङले भन्नुभयो, “योग स्वस्थ जीवनको मार्ग हो । हाम्रो संस्कृति र सभ्यतामा आधारित योग आज विश्वभर फैलिँदै गएको छ, जुन गर्वको विषय हो । सरकारले समेत योगप्रति चासो दिइरहेको अवस्थामा समुदाय स्तरमै यस्ता शिविरहरू हुनु सकारात्मक संकेत हो ।”
योग र जिमका लागि प्रदेश सरकारबाट १० लाख बजेट समेत विनियोजन गरेको बताउनुभयो । बर्जु गाउँपालिकाको विकासको निम्ति प्रदेशबाट बाटो, विद्यालय लगायतको क्षेत्रमा बजेट विनियोजन भएको जानकारी गराउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि पुर्व बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले योगले सामाजिक एकता, अनुशासन र आत्मशुद्धिमा टेवा पुर्‍याउने बताउँदै भन्नुभयो । योग महत्त्वपूर्ण भएकोले हामी यो योग भवन निर्माण गरेका छौँ । योग भवन सदुपयोग भएको देख्दा मलाई खुशी लागेको छ र गर्भ महशुस भएको छ।  मैले जुन उदेश्यको लागि निर्माण गरे त्यसबाट यहाँका  जनसमुदायले लाभ लिइएको छ ।

पतनजली योग समिति बर्जु–४ का अध्यक्ष सगमलाल चौधरीले शिविरको उद्देश्यबारे जानकारी दिँदै भन्नुभयो, “सात दिनसम्म चल्ने यस शिविरमा दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म योग, प्राणायाम, ध्यान र स्वस्थ जीवनशैली सम्बन्धी अभ्यास गराइनेछ ।
कोशी प्रदेश पतञ्जलि समिति सदस्य तथा योग प्रशिक्षक देव नारायण साहले सहभागीहरूलाई योगको व्यावहारिक अभ्यास गराउँदै भन्नुभयो, “योग केवल आसन होइन, यो जीवनको सम्पूर्ण प्रणाली हो । नियमित अभ्यासले शरीर र मन दुवैमा सकारात्मक परिवर्तन ल्याउँछ ।”

शिविरको पहिलो दिन सयौं स्थानीयहरुको सहभागी रहेका थिए । उद्घाटनको अवसरमा विरुवा रोपिएको आयोजकले जानकारी दिएका छन् । वृक्षारोपण कार्यक्रम शिविरको सम्पूर्ण अवधिभर जारी रहनेछ ।

कार्यक्रमको आयोजना पतनजली योग समिति बर्जु–४ ले गरेको हो । शिविर असार ७ देखि १३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300