२३ आषाढ २०८२, सोमबार

बर्जु गाउँपालिकाले १६औं गाउँ सभा सम्पन्न ५९ करोड १३ लाखको बजेट सार्वजनिक

Logo
डुमरलाल मेहता मंगलबार, आषाढ १०, २०८२

विराटनगर । बर्जु गाउँपालिकाले आफ्नो १६औं गाउँसभा आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको आय–व्ययको अनुमान प्रस्तुत गरेको छ।

गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभाको अध्यक्षले सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको दोस्रो कार्यकालमा प्राप्त जिम्मेवारीलाई ईमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध र विकासमुखी गाउँपालिकाको परिकल्पनामा अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्। उनले नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष नितु चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार बर्जु गाउँपालिकाको प्रमुख नारा “कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधार : सुन्दर, समृद्ध बर्जुको आधार” लाई मूर्तरूप दिन बहुआयामिक योजना अघि सारिएको छ। नीति तथा कार्यक्रम गाउँपालिकाको आवधिक योजना, स्थानीय आवश्यकता र संविधानको मर्म अनुरूप तयार गरिएको हो।
सभामा जनाइएको अनुसार, गत आर्थिक वर्षमा प्राप्त आम्दानी लक्षअनुसार नपुगेको र समानीकरण अनुदानमा पनि कटौती भएकोले केही योजनाहरूको भुक्तानीमा समस्या उत्पन्न भएको जानकारी दिइयो। आउँदो विशेष सभामा अघिल्लो वर्षको सटिक आम्दानी–खर्च विवरण प्रस्तुत गरिनेछ।

गाउँसभामा सामाजिक विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, महिला, दलित, अल्पसंख्यक तथा विपद व्यवस्थापन लगायतका विविध क्षेत्रका लागि छुट्टाछुट्टै समिति र बजेटको व्यवस्था गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300