२३ आषाढ २०८२, सोमबार

कवि प्रिन्स प्रमोदको कृति लोकार्पण

Logo
अन्जु पराजुली शनिबार, आषाढ १४, २०८२

विराटनगर । साहित्यकार तथा कवि प्रिन्स प्रमोद प्रसाद ढकालद्वारा लिखित कवितासङ्ग्रह “अतितको डायरीबाट” सार्वजनिक गरिएको छ। राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबार, असार १३ गते, विराटनगरको राष्ट्रसेवक सहकारी हलमा एक भव्य समारोहबीच कृतिको लोकार्पण गरिएको हो।

समारोहको अध्यक्षता विराट साहित्य संगमका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मधु पोखरेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रज्ञा विवश पोखरेलको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कृष्णभुषणा बल स्मृति प्रतिष्ठानकी संरक्षक शोभा लामा बल, साहित्य संगमका संस्थापक अध्यक्ष बलराम पोखरेल, प्रा. एकराज भट्टराई, डा. देवी पन्थी, छवि वैरागी घिमिरे, साहित्यकार दिनेश सुवेदीलगायतको उपस्थिति रहेको थियो।

विराट साहित्य संगम विराटनगरद्वारा प्रकाशित उक्त कवितासङ्ग्रह कवि प्रिन्स प्रमोदको पहिलो साहित्यिक कृति हो। संग्रहमा ५६ वटा सान्दर्भिक र प्रभावशाली कविताहरू समावेश गरिएका छन्। कृतिको समालोचना विराट साहित्य संगम मासिकका प्रधान सम्पादक रामबाबु दाहालले प्रस्तुत गरेका थिए।

कविको व्यक्तित्व र कृतिको महत्वबारे मुक्तक प्रतिष्ठान, कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलले मन्तव्य राख्दै थप जानकारी दिएका थिए। साथै, कार्यक्रमका अन्य वक्ताहरू—विराट साहित्य संगमका कोषाध्यक्ष भिम कोइराला, साहित्यकार छवि वैरागी घिमिरे, मनोज ढकाल आदि—ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साहित्यकार गोपाल निर्भिकको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विराटनगर तथा आसपासका विभिन्न स्थानहरूबाट सहभागी भएका थुप्रै साहित्यप्रेमी र सिर्जनशील व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको थियो। समारोहमा विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जनाहरू वाचन गर्दै कार्यक्रमलाई थप सजीव बनाएका थिए।

यो कृति मार्फत कवि प्रिन्स प्रमोदले आफ्नो भावनात्मक संसार, अनुभूति र समकालीन समाजप्रतिको दृष्टिकोण प्रस्तुत गरेका छन्, जसले नेपाली साहित्यिक क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300