२३ आषाढ २०८२, सोमबार

कोशीमा बीमा विस्तारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न बीमा प्राधिकरणको तयारी

Logo
सन्तोष मेहता आइतबार, आषाढ २२, २०८२

विराटनगर — नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रलाई सबै नागरिकसँग जोड्न कोशी प्रदेश सरकारसँग सहकार्य गर्दै जानुपर्ने आवश्यकता औंल्याएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बीमा विषयक अन्तरक्रिया कार्यक्रममा प्राधिकरणले कोशीमा बीमा विस्तारका सम्भावना र योजनाबारे प्रस्तुति दिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा वार्षिक झन्डै ३ अर्ब रुपैयाँ प्रिमियम संकलन हुने गरेको र करिब डेढ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी हुने गरेको जानकारी दिए । उनले बीमा पहुँचलाई अझ व्यापक बनाउन प्रदेश सरकारसँग अध्ययन तथा नीति निर्माणमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बीमा नीतिमा जनसहभागिता अत्यावश्यक भएको धारणा राखे । उनले राज्यले बीमा कम्पनीलाई नीति तथा सुविधा दिने तर सर्वसाधारण त्यसबाट लाभान्वित हुन नसक्ने अवस्था ठीक नहुने बताए । मुख्यमन्त्री कार्कीले प्रदेशस्तरमै बीमा नीति निर्माणका लागि कार्यदल गठन गरिने पनि जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले कृषि, पशुधन तथा स्वास्थ्य क्षेत्रमा बीमा कार्यक्रम सशक्त बनाउनेतर्फ प्राथमिकता दिनुपर्नेमा जोड दिए । गम्भीर प्रकृतिका रोगहरूको बीमा अनिवार्य बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले बीमा प्रक्रिया सरल र नागरिकमैत्री हुनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेल लगायत कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बीमा प्राधिकरणको पहलमा आयोजित कार्यक्रमले कोशीमा बीमा विस्तारका नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300