२१ जेठ २०८३, बिहिबार

मधेश प्रदेशमा तत्काल पाँच सय ‘डीप बोरिङ’ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

Logo
आजको अपडेट शुक्रबार, साउन १०, २०८२

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा देखिएको पानी अभाव समाधानका लागि तत्काल पाँच सयवटा ‘डीप बोरिङ’ जडान गर्ने घोषणा गर्नुभएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–८ मा विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्दै उहाँले सिँचाइ र खानेपानीको समस्या झेलिरहेको प्रदेशमा यथासक्य छिटो समाधान गरिने बताउनुभयो ।

तराई–मधेश क्षेत्रको हवाई निरीक्षणपछि अधिकांश जमिन सुक्खा अवस्थामा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रदेशका आठ वटै जिल्लामा पानीको व्यवस्थाका लागि सरोकारवाला निकायहरूसँग समन्वय गरेर काम अघि बढाइने स्पष्ट गर्नुभयो ।

उहाँले सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले तुलनात्मक रूपमा त्यहाँ समस्या कम रहेको तर बाँकी जिल्लामा तत्काल उपाय आवश्यक रहेको भन्दै सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई विपद् प्रभावित क्षेत्रको रूपमा घोषणा गरिसकिएको जनाउँदै पानीको अभावले प्रत्यक्ष असर पाएका किसानलगायतका नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300