२१ जेठ २०८३, बिहिबार

सुनसरीमा लम्पी स्किनको संक्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु

Logo
आजको अपडेट शनिबार, साउन ११, २०८२

विराटनगर — जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको संक्रमण बढेको छ ।

इनरुवासहित धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोसी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको संक्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिए ।

जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशुचौपायामा संक्रमण देखिएको उनले बताए ।  सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशुचौपायामा लम्पी स्किनको संक्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ ।

लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशुचौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशुचौपायालाई खोप लगाएको प्रमुख मेहताले बताए । रासस

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300