विराटनगर — रसुवास्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा विराटनगरका दुई युवक आइतबार बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा विराटनगर निवासी सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो स्थानबाट कुण्डमा स्नान गर्न पसेका उनीहरू डुबेर बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनापछि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । बेपत्ता तीर्थालुको उद्धारका लागि नेपाली सेना (श्रीनाथ गण), नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीहरू आइतबार नै घटनास्थल पठाइएको छ ।
