२१ जेठ २०८३, बिहिबार

बहुविवाहको कानुनी मान्यता प्रस्तावको विरोधमा विराटनगरमा प्रदर्शन

Logo
आजको अपडेट मंगलबार, साउन २१, २०८२


विराटनगर, २० साउन । नेपाल सरकारले बहुविवाहलाई कानुनी रुपमा अनुमति दिने आशयको मस्यौदा अघि बढाएको भन्दै विराटनगरमा कडा विरोध गरिएको छ। सोमबार ट्राफिक चोकमा आयोजित विरोध कार्यक्रममा महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

विरोध कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार सञ्जाल तथा गैरसरकारी संस्था महासंघ, मोरङको संयोजनमा सम्पन्न भएको हो । सहभागीहरूले बहुविवाहको वैधीकरण लैंगिक समानता, मानव अधिकार र नेपालको संविधान विपरीत हुने भन्दै सरकारको आलोचना गरेका थिए ।

“संविधान मिच्न पाइँदैन”, “महिला अधिकारको रक्षा गर”, “बहुविवाह हैन, समानता चाहिन्छ” जस्ता नारासहितको प्लेकार्ड बोकेर प्रदर्शनकारीले आवाज उठाएका थिए ।

ईन्सेक कोशी प्रदेश प्रमुख मनोहर पोखरेलले मस्यौदाले महिलालाई वस्तुजस्तो व्यवहार गरेको आरोप लगाउँदै यस्तो कानुन आउनु नहुने बताए। त्यस्तै, ओरेक नेपाल कोशी प्रदेश संयोजक शोभा बजगाँईले हालै पनि महिलाहरू बहुविवाहको कारण पीडित भइरहेकाले कानुनी मान्यता दिँदा अवस्था झन् बिग्रिने चिन्ता व्यक्त गरिन् ।

वक्ताहरूले संविधानले प्रत्याभूत गरेको समानता र लैंगिक न्यायको रक्षा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300