२१ जेठ २०८३, बिहिबार

देवानगञ्जमा ट्रान्सफर्मर चोरी

Logo
आजको अपडेट शनिबार, साउन ३२, २०८२

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–५ साहेबगञ्जमा किसानहरूले प्रयोग गर्दै आएको सिँचाइ प्रणालीको मुख्य ट्रान्सफर्मर राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भएपछि स्थानीय कृषकहरूलाई ठूलो समस्या परेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, रातिको समयमा अज्ञात व्यक्तिहरूले ट्रान्सफर्मर डिस्कनेक्ट गरी लिएर गएको आशंका गरिएको छ। ट्रान्सफर्मर चोरी भएपछि खेतबारीमा सिँचाइ गर्ने काम ठप्प भएको छ, जसका कारण धानलगायतका बालीमा प्रत्यक्ष असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

घटनापछि प्रहरीले अनुसन्धान थालेको छ। यस्तै, कृषकहरूले तत्काल ट्रान्सफर्मर पुनःस्थापना गरी सिँचाइ सहज बनाउन माग गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300