विराटनगर । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भागमा पनि मध्यम खालको वर्षा पर्न सक्ने देखिएको छ ।
विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
गएराति देशका कुनै स्थानमा ठूलो पानी नपरे पनि आज र भोलि विभिन्न ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ ।
