२१ जेठ २०८३, बिहिबार

नेपाल आयल निगमले डिजेल र मटितेल प्रतिलिटर ४ रुपैयाँले सस्तो गर्‍यो

Logo
आजको अपडेट आइतबार, भाद्र १५, २०८२

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः समायोजन गरेको छ । निगमले दिएको जानकारीअनुसार डिजेल र मटितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ । तर, पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।

हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँले सस्तो हुने भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा ७ अमेरिकी डलरले मूल्य घटाइएको छ । पोखरा र भैरहवामा भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ब्रेक–इभेन पोइन्टमा राखिएको निगमले जनाएको छ ।

समायोजित मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300