१० जेठ २०८२, शुक्रबार

आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यक छ ÷ सभामुख बिष्ट

Logo
सन्तोष मेहता शुक्रबार, साउन २५, २०८१
आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यक छ ÷ सभामुख बिष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताउनु भएको छ । अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उहाले यस्तो बताउनु भएको हो ।

नेपाल बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रितीरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ती भएको भन्दै उहाले यसको संरक्षण गरी चिर पर्यान्तसम्म कायम गर्न सके भावीपुस्ताले पनि अनुसरण गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।

आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाजनिर्माण गर्नु हामी सबैको दायित्व भएको उहाले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । आदिवासीका हक, अधिकार र पहिचानको रक्षाको निम्ति सवैमा प्रेरणा मिलोस् भनी उहाले शुभकामना व्यक्त गर्नुभएको हो । आज विविध कार्यक्रम गरी ३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै छ ।

यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि आदिवासी जनजाति अधिकारका लागी महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300