२१ जेठ २०८३, बिहिबार

जलेश्वर कारागारबाट ५७२ जना कैदी भागे

Logo
आजको अपडेट बुधबार, भाद्र २५, २०८२

महोत्तरी । महोत्तरीको जलेश्वर कारागारबाट मङ्गलबार साँझ ५७२ जना कैदीहरू भागेका छन् । प्रहरीका अनुसार कारागार बाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीहरूले संयुक्त रूपमा कारागारको पर्खाल भत्काएपछि उनीहरू फरार भएका हुन् ।

घटना साँझ करिब ७ बजे भएको हो । करिब पाँच सयभन्दा बढी लाठीसहितका प्रदर्शनकारीहरूले भित्रका कैदीहरूसँग हातेमालो गरेका थिए । कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा बताउनुभयो ।

फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक शर्मा जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300