२१ जेठ २०८३, बिहिबार

सुरक्षा अपडेट: देशभर कैदी नियन्त्रण, शंकास्पद वस्तु डिस्पोज र हतियार बरामद

Logo
आजको अपडेट बिहिबार, भाद्र २६, २०८२

विराटनगर । नेपाली सेनासहित विभिन्न सुरक्षा निकायहरू परिचालन भएपछि देशका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सोही क्रममा कञ्चनपुरको चाँदनी नजिकै भारततर्फ भाग्दै गरेका ७ जना कैदीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयवासीले समातेका छन् । त्यस्तै १२ जना कैदी आफैँ कारागारमा फर्किएर हाजिर भएका छन् ।

यस्तै, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने माग गर्दै उत्पात मच्चाएपछि स्थिति नियन्त्रणमा लिन सेनाले गोली चलाउनुपरेको थियो । सो क्रममा १२ जना कैदी घाइते हुनुका साथै २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसैबीच, काभ्रेपलान्चोकको बनेपा–९ नयाँबस्तीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ ।

सुरक्षा निकायका अनुसार हालसम्म विभिन्न स्थानबाट ९४ नाल हतियार बरामद गरिएको छ । देशभर सुरक्षा निकायहरू सतर्क रहँदै थप कारबाही अघि बढाइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300