२१ जेठ २०८३, बिहिबार

फरार कैदी खोज्न र पक्राउ कार्यदल गठन, असोज २० गतेभित्र कारागार फर्कन आह्वान

Logo
आजको अपडेट शनिबार, आश्विन ११, २०८२

काठमाडौं : कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका कैदी बन्दीलाई असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ। विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’समेत गठन भएको जानकारी दिँदै भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानका कारागारबाट भागेका कैदीलाई असोज २० गते भित्र फर्कन पुन:आह्वान गरेको हो।
अझै पनि उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै विभागले तोकिएको समयभित्र कारागार नफर्कनेका हकमा प्रचलित कानुन बमोजिम कारवाही हुने निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए। शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णय बमोजिम भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ।

फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारवाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ। फर्किन बाँकी रहेका कैदीबन्दीको अद्यावधिक विवरण जिल्लाबाट नियमतितरूपमा प्राप्त गरी सम्बन्धित माथिल्लो निकायमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। कैदीबन्दीको खोजीका लागि जिल्लाका जनप्रतिनिधिलगायत आवश्यक अन्य निकायसँग बैठक छलफल गर्न, अन्तर समन्वय कायम गर्न र आवश्यक देखिएकामा अन्य संयन्त्रको प्रयोग गर्नुपर्ने कार्यादेश तय भएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300