२१ जेठ २०८३, बिहिबार

आजबाट नेपाल र वेस्टइन्डिजबीच टी-२० सिरिज सुरु हुँदै

Logo
आजको अपडेट शनिबार, आश्विन ११, २०८२

काठमाडौँ । नेपालले आजदेखि बहुप्रतिक्षित टी–२० अन्तर्राष्ट्रिय सिरिजमा वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। कुनै पनि टेस्ट टोलीविरुद्ध पहिलोपटक तीन खेलको टी–२० सिरिज खेल्न लागिरहेको नेपाल ऐतिहासिक प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। युएईको शारजाहमा हुने पहिलो खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।
‘युनिटी कप अन्तर्राष्ट्रिय टी–२०’ नाम दिइएको यस सिरिजमा नेपालले दुईपटकको विश्वविजेता वेस्टइन्डिजसँग खेल्दै नयाँ मानक कायम गर्ने प्रयास गर्नेछ। तीन खेलको यो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल १३ असोजमा र तेस्रो खेल १४ असोजमा खेल्ने तालिका छ।
यस सिरिजपछि नेपाल विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट खेल्न ओमान जाने कार्यक्रम रहेको छ। सो प्रतियोगिताको तयारीका रूपमा पनि यो सिरिजलाई महत्त्वपूर्ण मानिएको छ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले वेस्टइन्डिजविरुद्धको सिरिज जित्ने उद्देश्यसहित खेल्ने बताएका छन्। “अहिले देशको अवस्था त्यति राम्रो छैन। यस्तो अवस्थामा जनतालाई खुसी दिनु हाम्रो टोलीको जिम्मेवारी हो,” उनले भने, “हामी सबै १५ खेलाडीमाथि ठूलो जिम्मेवारी छ। यो सिरिजले विश्वकप छनोटतर्फ हाम्रो यात्रा बलियो बनाउने विश्वास लिएका छौं।”
नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, साहब आलम।
वेस्टइन्डिज टोली:
अकिल हुसेन (कप्तान), फबिएन एलेन, जवेल एन्ड्र्यु, एकिम अगष्ट, नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स, शमार स्प्रिंगर।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300