०९ जेठ २०८२, बिहिबार

भारतीय टिभी च्यानलको प्रसारण नेपालमा बन्द

Logo
आजको अपडेट शुक्रबार, साउन १८, २०८१

विराटनगर। नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको जानकारी दिनुभयो।

उहाँका अनुसार झण्डै डेढ वर्ष अघि सञ्चार मन्त्रालयले विदेशी च्यानलको प्रसारणमा आलार्काटा प्रणाली लागू गर्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो। तर इन्टरनेट प्रदायक कम्पनीहरूको असहयोगका कारण सो प्रणाली कार्यान्वयनमा समस्या भएको उहाँको भनाइ छ।

उहाँले इन्टरनेटको पहुँच बढेसँगै टेलिभिजन हेर्ने जनसङ्ख्यामा बिस्तारै कमी आउन थालेको भन्नुहुँदै विदेशी च्यानलले पनि मनपरी पैसा उठाउने गरेको बताउनुभयो।

उहाँका अनुसार १५ महिनाको पैसा नपाएका कारण विदेशी च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका हुन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300