२१ जेठ २०८३, बिहिबार

आजसम्म कार्यालय पुग्न प्रमुखहरुलाई जरुरी निर्देशन जारी

Logo
आजको अपडेट शनिबार, आश्विन १८, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयअन्तर्गतका जिल्लास्थित् कार्यालय प्रमुखहरुलाई आजसम्म अनिवार्य रुपमा कार्यस्थल पुग्न निर्देशन जारी गरेको छ । मन्त्रालयका उपसचिव भुवनेश्र लामिछानेले आज अत्यन्त जरुरी सूचना जारी गरी यस्तो कार्यालय प्रमुखहरुलाई आजसम्म आफ्नो कार्यस्थल पुग्न भनेका हुन् ।

जारी सूचनामा भनिएको छ(“जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न भागहरुमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हुँदा आ आफ्नो मन्त्रालयअन्तर्गत जिल्लास्थित् कार्यालय प्रमुखहरुलाई २०८२ असोज १८ गतेसम्ममा अनिवार्य रुपमा कार्यस्थल पुगीसक्ने व्यवस्था मिलाउनु हुन तथा सोही अनुसार सतर्कता अपनाउनु, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन हुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएको हुँदा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न गराउन हुन अनुरोध छ ।”

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300