२१ जेठ २०८३, बिहिबार

बर्जु गाउँपालिकामा बाढीको असर, राहत तथा उद्धार कार्य तीव्र

Logo
आजको अपडेट सोमबार, आश्विन २०, २०८२

विराटनगर । अविरल वर्षापछि आएको बाढीले बर्जु गाउँपालिकाका विभिन्न बस्तीहरू प्रभावित बनेका छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सबै वडा अध्यक्षहरूको सक्रियतामा बाढीपीडित घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने र राहत वितरणको काम तीव्र गतिमा भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रभावित परिवारहरूका लागि नजिकका विद्यालय र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरेको छ । साथै त्रिपाल, खाद्यान्न, खानेपानी र अन्य अत्यावश्यक सामग्री वितरण कार्य पनि सुरु गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300