२१ जेठ २०८३, बिहिबार

जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी

Logo
आजको अपडेट आइतबार, आश्विन २६, २०८२

विराटनगर । गाजामा बन्धक बनाइएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि सार्वजनिक २० जनाको सूचीमा उहाँको नाम नदेखिए पनि पछिल्लो सूचीमा विपीनको नाम समावेश भएको अमेरिकी पत्रिका वासिङ्टन पोस्ट ले जनाएको छ ।

हाल गाजामा रहेका २५१ बन्धकमध्ये ४८ जना अझै हमासको नियन्त्रणमा रहेको अनुमान छ । तीमध्ये केहीको मृत्यु भएको आशंका गरिए पनि बाँकीलाई युद्धविराम सम्झौताअन्तर्गत क्रमशः मुक्त गरिँदै छ। यही क्रममा नेपालका कञ्चनपुरका जोशी पनि रिहा हुने सम्भावना बढेको बताइएको छ ।

जोशी सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु हुनु केही अघि रोजगारीका लागि इजरायल पुगेका थिए । अहिले गाजामा जीवित रहेका एक मात्र गैर–इजरायली बन्धक पनि उनी नै भएको समाचारमा उल्लेख छ ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २० बुँदे युद्धविराम प्रस्तावलाई इजरायल र हमास दुवैले स्वीकार गरेपछि सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु भएको छ । उक्त सम्झौता पूर्ण रूपमा लागू भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धकलाई क्रमशः रिहा गरिनेछ ।

विपीनको मुक्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदाय र उहाँको परिवारले निरन्तर पहल गर्दै आएका छन् । परिवारले अमेरिकासम्म पुगेर उनको सुरक्षाका लागि अपिल पनि गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300