२१ जेठ २०८३, बिहिबार

जनमत पार्टी विभाजनविरूद्ध सिके राउतले दिए सर्वोच्चमा रिट

Logo
आजको अपडेट बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । जनमत पार्टी विभाजनविरूद्ध अध्यक्ष सिके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

जनमतका उपाध्यक्ष रहेका दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका थिए।

जनमतमा असन्तुष्ट पक्षले अर्को पार्टी गठन गरेपछि अध्यक्ष राउतले पेस गरेको रिटलाई बिहीबार सर्वोच्च अदलतले दायर गरेको छ।

शुक्रबारलाई उक्त मुद्दाको पेसी तोकिएको छ। राउतले निर्वाचन आयोगलाई विपक्षी बनाएको छ।

पार्टीको नीति विपरीत काम गरेको भन्दै राउतले साहलाई निष्कासन गरेका थिए।

निर्वाचन आयोगले पनि असोज २८ गते विभाजन भई बनेको जनस्वराज पार्टीलाई मान्यता दिएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300