विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मानिकपुरस्थित पानी जम्ने खाल्डो (खोल्सा) मा एक महिलाको श’व फेला परेको छ।
स्थानीय अमिना खातुन शुक्रवार साँझ पारिवारिक विवादका कारण घर बाहिर निस्केकी थिइन्। त्यसपछि उनी परिवारसँग सम्पर्क विहिन भएकी थिइन्। परिवारका सदस्य र आफन्तजनले रातभर खोजतलास गरे पनि उनको कुनै पत्ता लाग्न सकेको थिएन।
आज बिहान पानीमा माछा मार्न गएका एक बालकले खोल्सामा श’व देखेपछि स्थानीयलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा प्रहरी पुगेको हो।
प्रहरीका अनुसार घटनास्थलको अवस्था र श’वको स्थिति हेर्दा अन्यत्र ह’त्या गरी श’व पानीमा फ्याँकिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
