२१ जेठ २०८३, बिहिबार

प्रचण्डको सचिवालयबाट राजीनामा दिइन् गंगा दाहाल

Logo
आजको अपडेट मंगलबार, कार्तिक ०५, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल “प्रचण्ड” को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन्।

प्रचण्डको सचिवालयबाट राजीनामा दिएको विषय दाहालले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

उनी प्रचण्डकै छोरी पनि हुन् । प्रकाश दाहालको निधनपछि उनैले प्रचण्डको सचिवालय हेर्दै आएकी थिइन्।

तर पछिल्लो समय आफूलाई देखाएर माओवादी केन्द्र र त्यसका संयोजक प्रचण्डविरूद्ध योजनाबद्ध प्रहार भएका कारण राजीनामा दिएको गंगाले बताएकी छन्।

‘मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु,’ उनले भनेकी छन्।

संयोजक प्रचण्डको सचिवालयबाट राजीनामा दिए पनि आजीवन पार्टीमा क्रियाशील हुने उनले बताएकी छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300