विराटनगर । मोरङको कटहरी गाउँपालिकामा छठ पर्वको अवसरमा ब्रतालु महिलाहरुलाई साडी वितरण गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि देवराज चौधरी, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सीता देवी राजवंशी तथा कार्यक्रमकी सभापति सरस्वती यादव माझी रहनुभएको थियो। वडा नं. १ का वडा अध्यक्ष हरि नारायण राजवंशीको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम जाकृती महिला उत्थान समाजको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका क्रममा छठ पर्वमा ब्रत बस्ने ३० जना महिलाहरुलाई साडी वितरण गरिएको थियो। उपस्थित अतिथिहरुले ब्रतालु महिलाहरुप्रति शुभकामना व्यक्त गर्दै छठ पर्वले समाजमा आपसी सद्भाव, विश्वास र संस्कृतिक एकता सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय महिला, समाजसेवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
